९ कार्तिक २०८१, शुक्रबार 1729886936
Banner

कांग्रेस सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेस र एमालेका ४८ जना सांसदको दबाब

काठमाडौं । कोशी प्रदेश प्रमुखलाई दबाब दिन केदार कार्की पक्षका कांग्रेस सांसद र एमालेका गरी ४८ सांसद प्रमुखको कार्यालय पुगेका छन् ।

एमालेका ३९ र कांग्रेसका ८ गरी ४७ जनाको हस्ताक्षरसहित कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्तका लागि दबाब दिन उनीहरु प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् । केदार कार्कीलाई मुख्यमन्त्री बनाउन उनीहरुले बिहीबार हस्ताक्षर बुझाएका थिए ।
तर प्रदेश प्रमुख कार्कीले दिएको समय घर्किन लाग्दा पनि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका छैनन् ।

गठबन्धनले समेत कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्न दावी गरेको छ ।