१४ श्रावण २०८३, बिहिबार 1785437675
Banner

राजनीतिक स्थिरताका लागि निर्वाचन प्रणालीबारे पुनर्विचार गर्नुपर्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका निर्वाचन प्रणालीबारे पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल काठमाडौं जिल्ला समितिले शुक्रबार काठमाडौंमा आयोजित नेपालको विद्यमान राजनीतिक अवस्थामा नेकपा एमालेको भूमिका विषयक अन्तरसंवाद तथा दसैँ–तिहारलगयात विभिन्न चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले समानुपातिक र प्रत्यक्षको मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत हुन नसक्ने भन्दै यसले अस्थिर सरकार बन्ने स्थिति सिर्जना गरेको बताए ।