९ कार्तिक २०८१, शुक्रबार 1729887474
राजनीति

शुभकामना आदानप्रदान कार्यक्रममा रैथाने उत्पादन प्रदर्शन, उत्पादनबारे वरिष्ठ उपाध्यक्ष पोखरेलको चासो

काठमाडौं । कान्ति सांस्कृतिक केन्द्रले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

कान्ति सांस्कृतिक केन्द्रले कान्ति सांस्कृतिक केन्द्र राष्ट्रपति भवनअगाडि नेपालीहरुको महान चाँड विजय दशमी, शुभदीपावली, नेपाल संवद ११४४ तथा छठ पर्व २०८० को अवसरमा चियापान कार्यक्रम सम्पन्न गरेको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, संविधासभा सदस्य रत्न गुरुङ, नेकपा केन्द्रीय सदस्य नारायण सिल्वाल, काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, काठमाडौं क्षेत्र नम्बर ५ का संयोजक ध्रुव थपलिया, काठमाडौं महानगरपालिका–३का वडाध्यक्ष प्रेम थापा, कान्ति सांस्कृतिक केन्द्रका अध्यक्ष चन्दन ढकाललगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा स्थानीय स्तरमा उत्पादित रैथाने उत्पादन मह, गुन्द्रुक, मस्यौरा, अचारलगायत खाद्यसामग्री राखिएको थियो । त्यसैगरी प्रदर्शनमा स्थानीय उत्पादन ढाकाका सारी, टोपीलगायत सामग्री राखिएको थियो । प्रदर्शनमा राखिएका सामग्री नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष र्ईश्वर पोखरेललगायत सहभागीले खरिद गरेका थिए ।

प्रदर्शनमा राखिएका सामग्री खरिद गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय उत्पादनको प्रवद्र्धनमा सहयोग गर्ने बताए । सो क्रममा उनले स्थानीय उत्पादनमा रहेका समस्याबारे चासो राखेका थिए ।