९ कार्तिक २०८१, शुक्रबार 1729879490
Banner

कोशी प्रदेशमा नेकपा एमालेको समर्थनमा कांग्रेसको नेतृत्वमा सरकार बनेपछि शीर्ष ३ नेताबीच सहमति

काठमाडौं । प्रधानमनत्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच लिखित सहमति भएको छ ।

कोशी प्रदेशमा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका विद्रोहीमध्ये केदार कार्कीको नेतृत्वमा प्रदेश सरकार बनेपछि तीन नेताबीच गठबन्धनप्रति दृढ रहने भनी सहमति भएको हो ।

सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सारेको थियो ।

उनका विश्वासपात्र केदार कार्कीले कांग्रेसका ८ प्रदेश सांंसद र एमालेका ३९ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए । शनिबार ४७ जनाले हस्ताक्षर सनाखत गरेसँगै कार्की कोशीको मुख्यमन्त्री बनेका छन् ।

कोशीमा प्रदेश सांसदहरुको सनाखत भइरहँदा बालुवाटारमा भने सत्ता गठबन्धनका नेताहरुको बैठक बसेको थियो । बैठकमा सत्ता गबन्धनलाई कायमै राख्ने सहमति भएको छ ।