२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 1:46 pm
खेलकुद

दशरथ रंगशालामा उडाइएको ड्रोनमा नेपाली सेनाको चासो

सूचना प्रेस २०८० आश्विन २९ सोमबार ००:००, १३:४२ बजे १ मिनेट पढाइ

काठमाडौं । विश्वकप छनोट खेल लाइभका लागि उडाइएको ड्रोनमा नेपाली सेनाले चासो देखाएको छ ।
दशरथ रंगशालामा भएको विश्वकप छनोटको खेल लाइभ गर्न उडाइएको सो ड्रोनमा नेपाली सेनाले चासो लिएको हो ।

सैनिक मुख्यालयलाई जानकारीविनै ड्रोन उडाएको नेपाली सेना स्रोतले जनाएको छ ।

विश्वकप छनोटअन्तर्गत अक्टोबर १२ तारिखमा नेपाल र लाओसबीच दशरथ रंगशालामा भएको खेलको प्रत्यक्ष प्रसारणका क्रममा ड्रोन उडाइएको थियो ।