२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 3:25 pm
समाचार

विद्यालयको बस दुर्घटना, एक विद्यार्थीको मृत्यु

सूचना प्रेस २०८० आश्विन ३० मंगलबार ००:००, ०५:१७ बजे १ मिनेट पढाइ

नेपालगन्ज । बाँकेको खजुरामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा जेठीनालामा पल्टिएको हो।

मृत्यु हुनेमा कक्षा ६ मा पढने १२ वर्षीय योसेप नेपाली रहेको प्रहरीले जनाएको छ।

परीक्षा दिएका विद्यार्थी पुर्‍याउन उक्त बस सिमलघारी जाने क्रममा दुर्घटनामा परेको हो। बसमा ४० जना विद्यार्थी सवार थिए।