९ कार्तिक २०८१, शुक्रबार 1729879585
Banner

गैरआवासीय नेपाली संघका दुई अध्यक्षलाई प्रमद्वारा नागरिकता हस्तान्तरण

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)का दुई अध्यक्षलाई मंगलबार गैरआवासीय नागरिकता प्रदान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण गरेका हुन् ।

संघको मंगलबारदेखि नै सुरु भएको विश्वसम्मेलनमा गैरआवासीय नागरिकता दिनेसम्बन्धी नागरिकता विधेयक प्रमाणीकरण गरेर गैरआवासीय नागरिकता दिने बाटो खोलिदिएकोमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रशंसा समेत भएको छ ।