९ कार्तिक २०८१, शुक्रबार 1729872681
Banner

नेपालले विभिन्न संकट भोगिरहेको छ : खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल अहिले विभिन्न संकट भोग्नुपरिरहेको बताएका छन् ।

मंगलबार दशैं, तिहार, छठ, नेपाल संवत्, ल्सोसार, उधौली लगायत चाडपर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

हाम्रो देश यति बेला विभिन्न कारणले अनेक खालका संकटहरुबाट अगाडि बढिरहेको छ’ उनले भने । पूर्वप्रधानमन्त्री खनालले चार वटा संकट औंल्याए । ‘राजनीतिक संकट, आर्थिक संकट, सामाजिकरसांस्कृतिक संकट, राष्ट्रियताको संकट सबै बढिरहेको छ’, उनले भने ।

देशमा मूल्यवृद्धि भइरहेको, महँगी बढिरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा आम श्रमिक जनताले चाडपर्वहरु कसरी मनाउने होला भन्ने परिस्थितिको सामना गर्नुपरेको बताए । जुनसुकै अवस्थामा भए पनि चाडपर्व खुसियालीका पर्व भएकाले जस्तोसुकै अवस्थामा खुसी साटासाट गरेर मनाउनुपर्ने र यसैगरी समृद्धिको यात्रामा अगाडि बढ्नुपर्ने बताए ।

एक दिन हामी एउटा सुन्दर, सभ्य, समृद्ध समाजवादी समाजमा पुग्नेछौं । र साँच्चै नै सबैको खुसियालीका निम्ति सम्पूर्ण पर्वहरु नयाँ ढंगले मनाउने छौं । तर, अहिले हामी जे अवस्थामा छौं त्यही अवस्थामा चाडपर्वहरु मनाउनुपर्ने आवश्यकता छ । म सबैलाई चाडपर्वहरुको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।’