९ कार्तिक २०८१, शुक्रबार 1729887632
समाचार

एनआरएनए उपाध्यक्षका उम्मेदवार रोविन भन्छन, चुनाव जिते १० करोडको अक्षयकोष बनाउँछु

काठमाडौ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा जापानका रोविन प्रसाद शेरचनले उम्मेदवारी दर्ता गर्नु भएको छ । समाजसेवी एवं सफल ब्यवसायी शेरचनले आगामी कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । आफूले चुनाव जितेको खण्डमा विदेशमा अप्ठयारोमा परेका हरुलाई सहयोग गर्न १० करोडको अक्षयकोष बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, विदेशी कम्पनीहरुलाई नेपालमा लगानी गर्न पनि मेरो पहल हुनेछ ।

हाल आइसिसी सदस्य रहनु भएको शेरचन एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध रहँदै आउनु भएको छ । सस्थामा पदीय हिसावले खासै जिम्मेवारी निर्वाह नगरे पनि बाहिरबाटै उहाँले महत्वपूर्ण योगदान गर्नु भएको छ । विशेष गरि जापानमा सामाजीक कार्यमा उहाँको नाम एक नम्बरमा आउने गर्दछ ।

लामो समयदेखि जापानमा बसेर व्यवसाय गर्दै आउनु भएको उहाँ सामाजिक, परोपकारी क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ । एनआरएनएमा निस्वार्थ हिसावले काम गर्ने उद्देश्यले यो अभियानमा जोडिएको उहाँको भनाई छ । एनआरएनएको संस्थागत विकास र रुपान्तरणका लागि लागिपर्ने लगायतका उहाँको एजेन्डा छन् ।

कम बोल्ने र काममा विश्वास गर्ने स्वभावका शेरचनलाई यो पटक उपाध्यक्षमा बलियो उम्मेदवारको रुपमा हेरिएको छ । डां महेश श्रेष्ठ र डां बद्री केसी दुवै टिमबाट उहाँलाई साझा उम्मेदवार समेत राखिएको छ ।