२६ जेष्ठ २०८३, मंगलबार 1781020829
Banner

महाविर पुन र सुधन गुरुङ्गले मन्त्रीको शपथ लिर्दै

काठमाडौं । राष्ट्रपतिको कार्यालयले मन्त्रीमा सिफारिस गरिएका दुईजनाको शपथको तयारी गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले गृहमा पुनः सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा स्वतन्त्र सांसद महावीर पुनलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् ।

उनीहरू दुईजनाको शपथ मंगलबार अपराह्न ४ः३० मा गराउने तयारी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । मंगलबारै उनीहरूलाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गरिएको हो ।

वर्तमान सरकारमै यसअघि गृहमन्त्री रहेका गुरुङको सम्पत्तिमाथि प्रश्न उठाइएपछि उनले पदबाट राजीनामा दिएका थिए । उनको सम्पत्ति छानबिन गर्न सरकारद्वारा गठित समितिले प्रधानमन्त्री बालेनलाई प्रतिवेदन बुझाइसकेको छ । पुन भने तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री थिए ।