९ कार्तिक २०८१, शुक्रबार 1729872498
Banner

कोशी प्रदेश मध्यावधिमा हुनुपर्छ : राजेन्द्र राई

काठमाडौं । एकीकृत समाजवादीका नेता राजेन्द्र राईले कोशी प्रदेश सभा विघटन गरेर मध्यावधि निर्वाचनमा जानुपर्ने बताएका छन् ।

२०७९ को निर्वाचनपछि पाँचौँ पटक मुख्यमन्त्री बनेका केदार कार्कीले विश्वासको मत मागेपछि प्रदेश सभालाई सम्बोधनका क्रममा सरकार फेरबदलले प्रदेशसभाको मर्यादा धुमिल र धुलिसात भएको भन्दै उनले प्रदेशसभा विघटन गरेर ताजा जनादेशमा जानुपर्ने धारणा राखेका हुन् ।

‘प्रदेशसभामा भएका दुखान्त अभ्यासले, बिर्सनलायक अभ्यासले प्रदेश सभाको मर्यादा धुमिल र धुसिसात हुँदै गएको छ । प्रदेशसभाको आत्मा कोमामा पुगिसकेको छ’ बुधबार कोशी प्रदेशसभा बैठकमा उनले भने, ‘प्रदेशसभा विघटन भएर, मध्यावधिमा गएर फ्रेस जनमत ल्याएर यसलाई पुनर्जीवित गर्नुपर्नेछ ।’