९ कार्तिक २०८१, शुक्रबार 1729865018
Banner

गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमण निन्दनीय छ : नेकपा एमाले

काठमाडौं । नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको भर्त्सना गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक विज्ञप्ति निकालेर सो घटनाको भत्र्सना गरेका हुन् ।

इजरायल र प्यालेष्टाइनको हमास समूहबीच भइरहेको युद्धका क्रममा गएराति अस्पतालमा आक्रमण भएको थियो । उक्त आक्रमण परि ५०० जना बढी नागरिकको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

‘अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा ‘ आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले हामी स्तब्ध भएका छौं ।’
सिङ्गो अस्पताल भवन नष्ट हुनु र बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुने एमालेले जनाएको छ ।

‘नेकपा (एमाले) शान्तिको पक्षमा छ । जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्दछ,’ एमालेको विज्ञप्तिमा भनिएको छ,‘निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ ।’