१० कार्तिक २०८१, शनिबार 1729952150
Banner

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीनको अस्पतालमा भर्ना

काठमाडौं । बीआरआई शिखर मञ्चमा भाग लिन चीन पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी परेका छन् ।

उनी हाल बेइजिङको एक अस्पतालमा भर्ना भएको बेइजिङस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको छ । छातीमा समस्या देखिएपछि राति साढे १ बजेतिर उनलाई अस्पताल भर्ना गरिएको स्रोतको भनाइ छ ।

मन्त्री श्रेष्ठको अवस्था हाल सामान्य रहेको उनले बताए ।