९ कार्तिक २०८१, शुक्रबार 1729872613
Banner

बागमती प्रदेश सरकार ढाल्न कांग्रेस सांसद सक्रिय, सभापतिलाई सोध्न सुझाव दिएँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरु बागमती प्रदेश सरकार ढाल्न सक्रिय भएका छन् ।

कांग्रेस महामन्त्री गगनकुमार थापाका अनुसार बागमती प्रदेश सरकार ढाल्न आफ्नै पार्टीमा ४ सांसद बागमती प्रदेश सरकार ढाल्न नेपाली कांग्रेसकै सांसद सक्रिय भएका हुन् ।

बिहीबार राजधानी काठमााडौंमा भएको एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो जानकारी दिएका हुन् । हाल माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार छ ।

कार्यक्रमलाई सम्बोधनका क्रममा उनले बागमती प्रदेश सरकार ढाल्ने विषयमा आज बिहानमात्रै पार्टीका चार सांसद आफूकहाँ आएको बताए ।

उनले भने, ‘उहाँहरू बागमती प्रदेशमा हाम्रो ३८ सांसद छन् । हामी सबैभन्दा ठूलो पार्टी हो हामी माओवादीलाई मान्दैनौं । हाम्रो (शेखर पक्ष) केही दिनभित्र १२÷१३ जना पुगेका छन् । सरकार बदल्दिऔं भन्दै हुनुहुन्थ्यो ।’

सांसदहरूको आग्रहपछि सरकारको विषय आफूलाई थाहा नभएको भन्दै सभापति र वरिष्ठ नेतालाई भन्न सुझाएको बताए ।

उनले भने, ‘मैले यस्तो कुरा चाहिँ पार्टी सभापति र वरिष्ठ नेतालाई गएर सोध्नुहोला मलाई कम ज्ञान छ भनेको छु । तर, यो सबैतिर आउँछ । कसरी जाने के गर्ने भन्ने टुंगो नभएपछि आउँछ ।’