१० कार्तिक २०८१, शनिबार 1729930677
Banner

एनआरएनए निर्वाचन : अध्यक्षमा डा.बद्री केसी, महासचिवमा गौरीराज जोशी निर्वाचित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा. बद्री केसी विजयी हुनुभएको छ । बिहिबार मध्यरातमा घोषणा भएको चुनावी परिणाममा अध्यक्षमा केसी निर्वाचित हुनुभएको हो ।

प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। डा. केसीले १३७८ मत प्राप्त गदै निर्वाचित हुनुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी आरके शर्माले १२८१ मत र महेश श्रेष्ठले १२२५ मत प्राप्त गर्नुभयो ।

काठमाडौंस्थित होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा ६ उपाध्यक्षमा डा. हेम राज शर्माले २२६५ मत, रोविन शेरचन २१८०, रामशरण सिमखडा १५५२, खगेन्द्र न्यौपाने १३५७, राज रेग्मी १९०० र डा. विनोद श्रेष्ठ १५६० निर्वाचित हुनुभयो ।

यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी हुनुभयो । सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गर्दै पराजित हुनुभयो ।

यस्तै युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त गरेर विजयी हुनुभयो । संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी हुनुभयो । महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गर्नुभयो। यस्तै उपमहासचिवमा सोम सापकोटा १७९० र प्रविन गुरुङ २१५० विजयी हुनुभयो ।

यस्तै ६ सचिव पदमा भिम केसी कमल, डा. ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, डा. नवराज रोस्यारा, पारमणी पोखरेल र स्वतन्त्र प्रताप शाह विजयी हुनुभएको छ ।

यस्तै महिला सचिवमा टिक गुरुङ, राधिका विजयी हुनुभयो । संघको कोषाध्यक्षमा सुदन थापाले १९१७ मत प्राप्त गरेर विजयी हुनुभयो । यस्तै सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना,अभिमन्यू बस्नेत, तिलक प्रसाद गैरे बिजयी हुनुभयो। यस्तै अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले जित हासिल गर्नुभयो भने संघको युवा संयोजकमा सुपेन्द्र घिसिङले २०३६ मत प्राप्त गरेर विजयी हुनुभयो ।