९ कार्तिक २०८१, शुक्रबार 1729850501
Banner

रिगललाई पक्राउ गर्न सर्वोच्चले आदेश दिएसँगै भारतीले ढोगिन् सर्वोच्चको प्रांगण

काठमाडौं । सर्वोच्च अदालतबाट न्याय पाएपछि चेतन मानन्धरकी पत्नी भारती शेर्पाले अदालतको प्रांगण ढोगेकी छन् ।

बुधबार भएको बहस आज सुनाइएको थियो । सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाएपछि भावुक हुँदै भारतीले अदालतको भुइँमा ढोगेकी हुन् । साथै, उनले आफूले न्याय पाएको बताएकी छन् ।

नेपालगञ्ज निवासी मानन्धरका हत्यारा योगराज ढकाल (रिगल) लाई अदालतले तत्काल पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।