९ कार्तिक २०८१, शुक्रबार 1729850615
Banner

सर्वोच्चको फैसलाले थप साहस दिएको छ : भारती

काठमाडौं । नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को आममाफी सर्वोच्च अदालतले बदर गरेपछि मृतक चेतन मानन्धरकी पत्नी भारतीले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । सो क्रममा आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरू आएपनि अन्ततः न्याय पाएको बताइन् ।

उनले आफ्नो टीमले कुनैपनि लोभ लालचमा नलागीकन आफ्नो सहयोग गरेकाले न्याय मिलेको बताइन् । उनले अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा जनाएकी छन् ।
भारतीले भनिन्, ‘बीचमा धेरै बाधा आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर, मेरो टीमले मेरो साथ छोडेन । होइन भने मेरो कुनै भिडिओ बनाएर दिए पैसाको बिटो दिन्छौं भनेका थिए । अन्यायमा परेको महिलालाई बाटो दे, अरु महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलागी लाग्नुभयो । पीडा नपरेको मान्छेलाई हो मा हो भन्ने तर साथ नदिने रहेछन् । म पछि हटे म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ ।’ सर्वोच्चले परमादेशसमेत दिएलगत्तै रिगल नेपालगञ्जबाट पक्राउ परिसकेका छन् ।