९ कार्तिक २०८१, शुक्रबार 1729887130
Banner

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा गरी ८० जनाको मृत्यु

जाजरकोट । जाजरकोटलाई केन्द्र बनाएर मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ८० जनाको मृत्यु भएको पुष्टि भएको छ । गएराति राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पबाट सबैभन्दा बढी जाजरकोट र रुकुम पश्चिम प्रभावित भएका छन् । जाजरकोटमा मात्रै ४४ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । एक सय भन्दा बढी घाइते भएका छन् । थप विवरण आउन बाँकी छ ।