९ कार्तिक २०८१, शुक्रबार 1729901652
Banner

भूकम्प अपडेट १२८ जनाको मृत्यु : जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु

काठमाडौं । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए ।

भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ । त्यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको डिएसपी रोकाले बताए । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ । अस्पताले केही घाइतेहरूलाई सुखेततर्फ रिफर गरेको छ । भूकम्पमा मृत्यु हुनेको संख्या अहिलेसम्म १२८ जना पुगेको छ । मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।