९ कार्तिक २०८१, शुक्रबार 1729850974
समाचार

बिक्रीको मापदण्ड बनाएर साल्ट ट्रेडिङले चिनी बिक्री गर्दै

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चिनी बिक्री गर्ने भएको छ । बिक्रीको मापदण्ड बनाएर साल्ट ट्रेडिङले चिनी बिक्री गर्न लागेको हो ।

व्यावसायिक प्रयोजनका लागि पसलबाट खुद्रा बिक्री गर्न प्रतिव्यवसायीलाई २५० केजीसम्म उपलब्ध गराइने साल्ट ट्रेडिङले जनाएको छ । परिमाण उपलब्ध स्टकका आधारमा थपरघट हुन सक्ने बताइएको छ ।

यसका लागि व्यवसाय दर्ताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि साल्ट ट्रेडिङमा बुझाउनु पर्नेछ ।

साल्ट ट्रेडिङले प्रतिकेजी चिनी ११२.५० रुपैयाँमा उपलब्ध गराउनेछ । साल्ट ट्रेडिङले कालिमाटीस्थित आफ्नै कार्यालयबाट चिनी बिक्री गर्नेछ ।