९ कार्तिक २०८१, शुक्रबार 1729843741
Banner

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने भएका छ ।

कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई एमाले बागमती प्रदेश संसदीय दलले ५ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने भएको हो ।

एमाले सांसदहरुको तलब सुविधाको रकम संकलन गरी उक्त सहयोग गर्ने एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।

बागमती प्रदेशसभामा एमालेका २७ जना सदस्य रहेका छन् ।