९ मंसिर २०८१, आइतबार 1732439479
Banner

भूकम्पपीडितलाई अस्थायी घर बनाउन प्रतिपरिवार ५० हजार दिने सरकारको निर्णय

काठमाडौं । भूकम्पमा परी घरबास गुमाएका पीडितहरूलाई सरकारले अस्थायी आवास बनाउनका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले तत्काल अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले पीडित परिवारलाई अस्थायी आवास निर्माण गर्न जस्तापाता खरिद लगायत अस्थायी आवास निर्माण सामग्रीका लागि राहत दिने तयारी अघि बढाएको हो । बैठकमा अर्थमन्त्री प्रकाशशरण महत, शहरी विकासमन्त्री सीता गुरूङलगायत विपद् र सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका ३५ हजारभन्दा धेरै परिवार घरबासविहीन भएका छन् ।