९ कार्तिक २०८१, शुक्रबार 1729844172
समाचार

दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशाबाट जाँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको हो ।

मोटरसाइकल चालक छोरा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–७ बाँसश्वारा बस्ने ५५ वर्षीय गङ्गाबहादुर बराली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । दुर्घटनामा घाइते गङ्गाबहादुरको उपचारका क्रममा गएराति दमौली अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका १९ वर्षीय विशाल बराली घाइते भएका छन् । उनको दमौली अस्पतालमा उपचार भइरहेको छ । माइक्रो र चालक प्रहरी नियन्त्रणमा छन् ।