८ कार्तिक २०८१, बिहिबार 1729815260
Banner

सुनचाँचीको मूल्य घट्यो

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय र तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० कायम भएको छ । शुक्रबार एक लाख १४ हजार ७ सय रुपैयाँमा छापावाल सुन र एक लाख १४ हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य एक हजार ३८० रुपैयाँ कायम भएको छ । शुक्रबार एक हजार ४ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।