८ कार्तिक २०८१, बिहिबार 1729815156
Banner

जीप दुर्घटना अपडेट : मृतक ६ जनाकै खुल्यो परिचय

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको परिचय खुलेको छ ।

देवचुली–९, गोरेघुम्तीमा दुर्घटना भएको लु१ज ३२७० नम्बरको जीपमा सवार मृत्यु भएका ६ जनाकै परिचय खुलेको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा तीन महिला र तीन पुरुषको छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुनेमा जीप चालक बौदीकाली–६, माझडाँडाका २६ वर्षीय बहादुर आलेमगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकीमगर, ५२ वर्षीया कुमारी राना, बुलिङटार गाउँपालिका–४, चुलिबोझाका अन्दाजी ४०÷४५ वार्षकी कमला वानटक्की मगर र १२ वर्षीया करिष्मा ठाडा रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२, मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।