८ कार्तिक २०८१, बिहिबार 1729814842
Banner

दुर्गा प्रसाईंको नेतृत्वको कार्यक्रमले काठमाडौं फोहोर मात्रै हुन्छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते हुने कार्यक्रमले काठमाडौं फोहोर मात्र पार्ने बताए ।

शनिबार पार्टीको जनसंगठन समन्वय संयन्त्रको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले दुर्गा प्रसाईंको नाम नलिई कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रिया वादी शक्तिहरु देशभरबाट मान्छे उतार्न लागेको बताए ।

‘एउटा कसै कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरु जोडतोडले लागेका छन् देशभरिबाट काठमाडौंमा मानिसहरु उतार्न, ती मानिसहरु आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो’, ओलीले भने ।

देशमा अनियमितता र बेथितीले सीमा नाघेको भन्दै एमाले अध्यक्ष ओलीले सरकार तत्काल सच्चिनलाई खबरदारी गर्न खोजेको बताए ।

‘प्रधानमन्त्रीजीले बोलाएको १२ बुँदे सहमतिसँग सम्बन्धित भनिएका दलको बैठमकमा बेथती आदि कुरा प्रधानमन्त्रीले स्वीकार्नुभयो, देशको अप्ठेरो अवस्थाबारे स्वीकार्नुभयो । तर के गर्ने भन्ने कुरामा केही भएन’, उनले भने ।

अहिलेको अनियमितता र बेथितीको कारण गठबन्धन सरकार रहेको भन्दै उनले यहीँबाट समाधान खोज्नुपर्ने बताए । ‘यसकारण यहाँ समाधान नखोजी यसको जिम्मा कसलाई लगाउने रु हामीले ७ गते एउटा संकेत गर्न खोजेको हो’, ओलीले भने ।