९ कार्तिक २०८१, शुक्रबार 1729850480
Banner

इलाम बस दुर्घटना अपडेट एक बालकको मृत्यु

विराटनगर । इलामको रोङ गाउँपालिका वडा नं ३, कोल्बुङमा सडकबाट ना६ख ८४२४ नम्बरको बस खस्दा उछिट्एिर रुखमा अड्किएका बालकको मृत्यु भएको छ ।

मेची राजमार्गअन्तर्गत कोल्बुङ खण्डमा बस सडकबाट ३०० मिटर तल खसेको थियो । दुर्घटनामा रुखमा अड्किएका बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिकाका १२ वर्षीय अर्पण लामा छन् । उनको मृत्यु भएको घटनस्थलमा उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश जबेगुले पुष्टि गरे ।

जबेगुको नेतृत्वमा प्रहरी टोली उद्धारमा गएको थियो । मृतक लामाको शव झापास्थित बीएन्डसी अस्पताल पठाइएको छ ।

धनुषाधाम नगरपालिकाबाट भ्रमणमा आएको बस पर्यटकीय क्षेत्र कन्याम घुमेर फर्कँदै थियो ।

घाइतेहरुको नामावली :

१) जिल्ला धनुषा धानुषाधाम न.पा.– ९ धारापानी बस्ने बर्ष २० की गणेश कुमारी मोक्तान (अनुहारमा चोट अवस्था सामान्य )
२) ऐ ऐ बस्ने बर्ष ११ की समिक्षा मोक्तान (सामान्य)
३) ऐ ऐ बस्ने बर्ष १२ को शेखर मोक्तान (सामान्य)
४) ऐ ऐ बस्ने बर्ष १२ की निर्जला मोक्तान (सामान्य)
५) ऐ ऐ बस्ने बर्ष ३६ की अन्जु लामा (सामान्य)
६) ऐ ऐ बस्ने बर्ष २ की स्नेहरीका लामा (सामान्य)
७) ऐ ऐ बस्ने बर्ष ९ की रिजा लामा (सामान्य)
८) ऐ ऐ बस्ने बर्ष ११ की काजल नायक ( सामान्य )
९) ऐ ऐ बस्ने बर्ष १४ की निकिसा मोक्तान ( सामान्य )
१०) ऐ ऐ बस्ने बर्ष ११ की रितु लामा ( सामान्य )
११) ऐ ऐ बस्ने बर्ष ४० की सुन माया लामा ( सामान्य )
१२) ऐ ऐ बस्ने बर्ष २० की कबिता घिसिङ ( सामान्य )
१३) ऐ ऐ बस्ने बर्ष १३ को सौगात लामा ( सामान्य )
१४) ऐ ऐ बस्ने बर्ष १४ की बर्षा तामाङ ( सामान्य )
१५) ऐ ऐ बस्ने बर्ष १५ को सिद्दार्थ तामाङ ( सामान्य )
१६) ऐ ऐ बस्ने बर्ष १७ की स्वेच्छा लोप्चान ( सामान्य )
१७) ऐ ऐ बस्ने बर्ष १२ की बिबिसा मोक्तान ( सामान्य )
१८) ऐ ऐ बस्ने बर्ष १५ की रोजिना तामाङ ( सामान्य )
१९) ऐ ऐ बस्ने बर्ष २८ की कल्पना कुमारी लामा ( सामान्य )
२०) ऐ ऐ बस्ने बर्ष ३१ की शान्ता पाख्रिन ( सामान्य )
२१) ऐ ऐ बस्ने बर्ष १८ की सन्ध्या मोक्तान ( सामान्य )
२२) ऐ ऐ बस्ने बर्ष ४० की तुल्मा लामा ( अनुहार तथा शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर रहेको )
२३) ऐ ऐ बस्ने बर्ष ३५ की मनवति लामा ( सामान्य )
२४) ऐ ऐ बस्ने बर्ष ३० की ज्ञानु लामा ( सामान्य )
२५) ऐ ऐ बस्ने बर्ष १८ की प्रतिक्षा लामा ( सामान्य )
२६) ऐ ऐ बस्ने बर्ष ४५ की लाल कुमारी लामा ( सामान्य )
२७) ऐ ऐ बस्ने बर्ष ४० को बिर बहादुर मोक्ता ( प्रप्रका सवारी महाशाखामा कार्यरत प्रहरी हवल्दार अवस्था सामान्य रहेको र ४ दिनको भैपरी आउने बिदा आएको )
२८) ऐ ऐ बस्ने बर्ष १५ को करण मोक्तान ( सामान्य )
२९) ऐ ऐ बस्ने १६ की कुसुम घिसिङ ( सामान्य )
३०) ऐ ऐ बस्ने बर्ष ६० कि शान्ता माया तामाङ ( सामान्य )
३१) ऐ ऐ बस्ने बर्ष ३५ को अनिल परियार ( सामान्य )
३२) ऐ ऐ बस्ने बर्ष ३० की रचना घिसिङ ( सामान्य )
३३) ऐ ऐ बस्ने बर्ष ३५ को सञ्जिब तामाङ ( सामान्य )
३४) ऐ ऐ बस्ने बर्ष १८ की रेणु घिसिङ ( सामान्य )
३५) ऐ ऐ बस्ने बर्ष १६ की समिक्षा लामा ( सामान्य )