८ कार्तिक २०८१, बिहिबार 1729808187
Banner

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष ५० हजार मेट्रिक टन धान किन्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष ५० हजार मेट्रिक टन धान किन्ने भएको छ । जसका लागि कम्पनीले खरिद प्रक्रिया सुरु गरेको छ ।

कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीका अनुसार कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र बार्दियाको राजापुरबाट धान खरिद प्रक्रिया सुरु भएको हो । देशभरका १० वटा जिल्लास्थित शाखा कार्यालयबाट धान खरिद गर्ने उनले बताइन् ।

कम्पनीका अनुसार झापाको बिर्तामोड, मोरङको विराटनगर, सिराहाको लहान, धनुषाको जनकपुर, पर्साको वीरगन्ज, रुपन्देहीको भैरहवा, बाँकेको नेपालजन्ग, बर्दियाको राजापुर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरबाट धान खरिद गर्नेछ ।

‘सुदूरपश्चिम क्षेत्रमा धान भित्र्याइ सकेकाले त्यहाँबाट खरिद गर्ने प्रक्रिया सुरु गरेका हौँ,’ सुवेदीले भनिन्, ‘क्रमिक रूपमा पूर्वी क्षेत्रमा पनि धान खरिद गरिन्छ ।’