८ कार्तिक २०८१, बिहिबार 1729808222
Banner

सम्पर्कविहीन पत्रकार ढकालको शव कृष्णभीरमा

काठमाडौं । पत्रकार प्रकाश ढकालको शव धादिङको कृष्णभीरमा भेटिएको छ ।

त्रिशूली नदीमा र्‍याफ्टिङ गरिरहेका एक जनाले शव देखेर प्रहरीलाई जानकारी गराएपछि उनको शव भेटिएको हो । उनी गत शुक्रबारदेखि सम्पर्कविहीन थिए । प्रहरीसहितको टोली घटना स्थल पुगेको हो ।

घटनास्थलमा रहेका पत्रकार कमल सरगमले शवको एउटा आँखा नभएको र टाउको क्षतविक्षत रहेको प्रहरीले जनाएको छ । यसैगरी, शरीरमा सामान्य चोटपटक रहेको बताइएको छ । तर उनको मोबाइल भने सुरक्षित भेटिएको प्रहरीको भनाइ छ ।