८ कार्तिक २०८१, बिहिबार 1729815274
राजनीति

पूर्वसांसद रौनियारसहित सयाैँ नेता कार्यकर्ता एमाले प्रवेश

र्सा-जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य एवं पूर्वसांसद हरिनारायण रौनियार एमाले प्रवेश गर्नुभएको छ।

पर्साको पोखरियामा मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टीमा स्वागत गर्नुभयो।

नेता रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्यविना देवीलगायत विभिन्न पार्टीका सयौं नेता-कार्यकर्तालाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभयो ।

नेता रौनियार २०७४ को निर्वाचनमा पर्सा ३ बाट सांसद निर्वाचित हुनुभएको थियो। उहाँ निर्माण व्यवसायी समेत हुन् । पछिल्लो २ वर्षमा पर्सामा विभिन्न दलका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेसँगै त्यहाँका करीब एक तिहाइ स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभामा एमालेले बलियो उपस्थिति जनाएको छ।