८ कार्तिक २०८१, बिहिबार 1729821518
Banner

माइतीघर-नयाँ बानेश्वर निषेधित क्षेत्र घोषणाविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौँ-माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सोमबार जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा एक महिनासम्मका लागि निषेधित क्षेत्र तोक्ने निर्णय गरेको थियो। 

सो निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र प्रेमराज सिलवालले मंगलबार सर्वोच्चमा रिट दिएका हुन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबारदेखि लागू हुने गरी ३० दिनका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो। नेकपा एमालेको भ्रातृ संगठन युवा संघले पनि मंसिर ७ गते नै सोही क्षेत्रमा कार्यक्रम गर्ने तयारी गरेको थियो ।

प्रशासनले दुवै पक्षलाई फरक-फरक ठाउँमा प्रदर्शन गर्नका लागि स्थान तोेकेको छ। प्रशासनका अनुसार युवा संघलाई तीनकुने र दुर्गा प्रसाईंलाई बल्खुमा प्रदर्शनका लागि ठाउँ तोकिएको छ।