काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको सिफल चौरमा विरोध कार्यक्रम गर्दैछन्। काठमाडौं प्रशासनले तीनकुनेमा कार्यक्रम गर्न नदिएपछि प्रसाईं समूहले जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्न लागेको हो ।
काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार साँझ भएको छलफलपछि सिफलमा कार्यक्रम गर्ने सहमति भएको महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए ।
उनका अनुसार प्रशासनले तीनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभाव पर्ने बताएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो ।
शुक्रबार पनि तीनकुनेमै कार्यक्रम गर्ने अडान लिएका प्रसाईंका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई भने निवासमै सुरक्षा दिएर राखिएको थियो ।