९ मंसिर २०८१, आइतबार 1732450308
राजनीति

कांग्रेस केन्द्रीय लेखा समितिमा चार जना मनोनित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समिति सदस्यमा चार जना मनोनित भएका छन् ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समिति सदस्यमा दीलिप ढुंगाना (धनुषा) डा. डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) लाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

मुख्यसचिव पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३९ तथा कांग्रेसको नियमावली २०७६ को नियम ३४ को व्यवस्था बमोजिमको सदस्य मनोनयन गरेका हुन् ।