काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै मन्त्रिपरिषद्मा कुनै हेरफेर नहुने स्पष्ट पारेका छन् ।
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्रीलाई सञ्चारकर्मीले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रश्नमा त्यस्तो जवाफ दिएका हुन ।
प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन ।’
आफ्नो युएई भ्रमण अभूतपूर्व सफल भएको भन्दै उनले नेपालले चौतर्फी प्रशंसा कमाएको दाबी गरे ।