दैलेख – नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको समग्र विकास र समृद्धीको लागि पार्टीले नेतृत्व लिने बताउनु भएको छ । दैलेखको सदरमुकाम खलंगामा आयोजना गरिएको सार्वजनिक भेटघाट कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओलीले धार्मिक, ऐतिहासिक, पुरातात्वीक र सांस्कृतीक महत्व बोकेको दैलेख विकासको नेतृत्व लिन आफू र आप्mनो पार्टीले नेतृत्व लिने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
‘दैलेखमा भएको पेट्रोलियम अन्वेषणका नेतृत्व लिएको एमालेले अपुरो भएको मध्यपहाडि लोकमार्गलाई पुरा गर्ने, दुल्लुलाई स्माट सिटी बनाउने, ३८६ किलोमिटर छोटो बाटोमा तिब्बत जोड्ने कुरादेखि कृषिको आधुनिकिकरण कसरी गर्ने ? भन्ने कामको नेतृत्व एमालेले गर्छ,’ पुर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले भन्नुभयो, ‘दैलेख जिल्लाको समग्र विकासका संभावनाका बारेमा हामीले जिल्लाका राजनीतिक दलहरुसँग छलफल गरेका छौं ।’