३० बैशाख २०८३, बुधबार 1778702470
Banner

आगामी चुनावमा एमालेले एकल बहुमत नल्याए देश बर्बाद हुन्छ : अध्यक्ष ओली

सुर्खेत-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा एमालेले एकल बहुमत नल्याए देश बर्बाद हुने बताउनु भएको छ।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अस्तित्व रक्षाका लागि प्रत्येक वडा तहकै निर्वाचनमा एमालेले ५१ प्रतिशत ल्याउनुपर्ने बताउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमालेले बहुमत ल्याएन भने देश वर्वाद हुन्छ, अस्तित्व जोगाउन गाह्रो हुन्छ। हामीले देशको अस्तित्व, स्वाभीमान र समृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि एमालेको एकल बहुमतको सरकार चाहिन्छ। मिसन २०८४ हामीले अगाडि बढाइरहेका छौं। कतिले अहिले हतार गर्‍या भनिरहेका छन् । २०८४ मा चुनाव हुन्छ भनेर सबैले थाहा पाएका छन्।’