३० बैशाख २०८३, बुधबार 1778706573
समाचार

आगो ताप्ने क्रममा ग्याँस सिलिण्डर विस्फोट एक जनाको मृत्यु

काठमाडौं : सिन्धुपाल्चोकमा आगो ताप्ने क्रममा ग्याँस सिलिण्डर विस्फोट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। 

काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको हो।  

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किँदा उनको मृत्यु भएको बताए।  

आगलागीबाट लोकबहादुरको पुरै शरीर जलेर घटनास्थलमै नेपालीको हिजो बेलुकी मृत्यु भएको उनले बताए। लोकबाहदुरको परिवारका अन्य सदस्यलाई भने प्रहरीले तत्काल उद्धार गरेको थियो।