२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 5:48 pm
Banner

सूर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

सूचना प्रेस २०८० मंसिर २९ शुक्रबार ००:००, १६:०१ बजे १ मिनेट पढाइ


काठमाडौं । काठमाडौं महानगरपालिकाले सूतीजन्य पदार्थको महानगरभित्र किनबेच गर्न नदिने भन्ने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । उच्च अदालत, पाटनले सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएको हो ।

श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।