काठमाडौँ । संक्रमणकालिन न्यायसम्बन्धी (टीआरसी) विधेयकलाई अघि बढाउने शीर्ष नेताहरुबीच सहमति जुटेको छ।
प्रमुख दलका शीर्ष नेताहरुबीच आज बालुवाटारमा भएको बैठकमा उक्त सहमति भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा विधेयकका विषयमा छलफल गर्दै शीर्ष नेताहरुले आउँदो अधिवेशमा विधेयक लैजाने सहमति गरेका हुन्।
बैठकमा सहभागि नेकपा एमालेका सचेतक महेश बर्तौलाले भने, ‘भिक्टिमले न्याय पाएको अनुभूति गर्ने गरी कानून बनाउने र आउँदो हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसद्मा प्रस्तुत गर्ने सहमति शीर्ष नेताहरूबीच जुटेको छ।’
सचेतक बर्तौलाले आजको छलफलमा विधेयकका अन्तरवस्तुका बारेमा सहमति नभएको पनि बताए। छलफल जारी राख्ने पनि सहमति भएको छ। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागी थिए ।