८ मंसिर २०८१, शनिबार 1732369065
Banner

अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं । अजरबैजान पठाइदिन्छु भन्दै ६ लाख ७७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। खोटाङ दिक्तेल रूपाकोट मझुवागडी नगरपालिका ६ घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका २ बस्ने ५१ वर्षीय हरिकुमार दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

दाहालले १ जनालाई वैदेशिक रोजगारीका लागि अजरबैजान पठाई होटलमा मासिक ७५ हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक-पटक गरी उक्त रकम लिई सम्पर्कविहीन भएका थिए।

ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई बूढानीलकण्ठबाट पक्राउ गरेको हो।

पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।