९ मंसिर २०८१, आइतबार 1732440324
Banner

मेक्सिकोमा रात्रिभोजमा गोली चल्दा छ जनाको मृत्यु

एजेन्सी । मेक्सिकोको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार एक पार्टीमा बन्दुकधारीले गोली चलाएपछि भएको झडपमा छ जनाको मृत्यु भएको छ । सोनोरा राज्यका अभियोजकको कार्यालयले भनेको छ, “हत्याको प्रयास, हत्या, स्वतन्त्रता हरण र आपराधिक सम्बन्धको लागि पक्राउ पुर्जी जारी गरिएका आपराधिक समूहको नाइकेविरुद्ध भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।” काजेमे नगरपालिकामा बिहानै भएको आक्रमणमा परी पाँच जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएका छन् ।

घटनामा आक्रमणकारी पनि मारिएको बताइएको छ । सन् २००६ देखि लागूऔषधसम्बन्धी हिंसामा परी चार लाख २० हजारभन्दा बढी मानिसको हत्या भइसकेको मेक्सिकोमा बन्दुकधारीहरूले सामाजिक जमघटलाई लक्षित गरेको इतिहास छ । गत डिसेम्बर १७ मा मध्य राज्य ग्वानाजुआटोमा मेक्सिकोका युवाहरूले भाग लिएको क्रिसमस पार्टीमा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको थियो ।