९ मंसिर २०८१, आइतबार 1732480866
विश्व

ताईवानमा आज मतदान

चीनले आफ्नो अभिन्न अंग भनिरहँदा ताइवानमा  शनिबार आमनिर्वाचनका लागि मतदान शुरु भएको छ । एक करोड ९५ लाख मतदाताले आगामी राष्ट्रपति र संसदका लागि मतदान गर्दैछन् । 

हालकी राष्ट्रपति साइ इङ–वेनले आफ्नो दोस्रो कार्यकाल पूरा गरेपछि नियमअनुसार अब अर्को कार्यकालका लागि उनले निर्वाचन लड्न पाउने छैनन् ।

सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी डीपीपीले हालका उपराष्ट्रपति विलियमलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। उनी स्वतन्त्र ताइवानको कट्टर समर्थक हुन्। विपक्षी दल कुओमिङताङ केएमटीले न्यू ताईपेईका मेयर होउ यू–इहलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । उनी भने चीनसँगको सम्बन्ध घनिष्ट बनाउन चाहन्छन्।

यो बीचमा चीनले पुनः एक पटक ताइवान आफ्नै अभिन्न अंग भएको बताएको छ। चीनको रक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै विश्व मानचित्रमा एउटै चीन रहेको भन्दै पिपुल्स लिबेरेसन आर्मी पिएलए सतर्क अवस्थामा रहेको र ताईवानमा पृथकतावादी गतिविधि हुन नदिन दृढ रहेको चेतावनीसमेत दिएको छ।