२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 9:50 am
राजनीति

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

सूचना प्रेस २०८३ मंसिर २ बुधबार ००:००, ०९:४९ बजे १ मिनेट पढाइ

काठमाडौँ : स्थानीय तहको निर्वाचनको तयारीका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि यहाँ सुरु हुँदैछ ।

भेलामा भाग लिन केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसङ्गठन, केन्द्रीय निकाय, सङ्घीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख काठमाडौँ आइसकेका पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, विद्यादेवी भण्डारी, रामबहादुर थापा, विष्णु पौडेल, शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।