१० मंसिर २०८१, सोमबार 1732538587
समाचार

राप्रपा केन्द्रीय सदस्य युवती कार्कीद्वारा राजीनामा

काठमाडौं- राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले राप्रपा छाडेकी छन् । उनले मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा बुझाउनुभएको छ ।

भक्तपुरमा क्रियाशील कार्कीले साधारण सदस्यदेखि केन्द्रीय सदस्यसमेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । पार्टी स्थापनाकालदेखि नीति, सिद्धान्त र संगठन विस्तारमा लागेकोमा हाल विविध विचलन देखिएको उहाँले बताउनुभयो ।