काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु संक्रमणकालीन न्यायलाई छिटो यथोचित ढंगले टुंग्याउने पक्षमा रहेको बताउनु भएको छ।
मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आफू प्रधानमन्त्री हुँदै प्रचण्ड र शेरबहादुर देउवालाई पनि पटक पटक भनेको बताउनु भयो।
पीडितलाई न्याय दिएर दोषीलाई कारबाही गर्ने पीडितमैत्री बनाउनुपर्ने अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘राज्यको तर्फबाट मानवअधिकार उल्लंघन गर्नेहरु, विद्रोही भनिनेहरु अहिले शासक भएका छन्। अहिले किन मानवअधिकारको इस्यु ? गोली हान्ने र टाउकाको मुल्य तोक्ने सँगै मिलेका छन्। लडाइँ केका लागि दुई/दुई वर्ष प्रधानमन्त्रीका लागि सँगै बसेका छन्।’