काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो । काभ्रेकी एक जना महिलाले उजुरी दिएकी छिन् । जन्मदिएको २६ दिनको शिशु चोरी भएको उजुरीमा भनिएको छ ।
(तस्विर प्रसूति गृहबाट शिशु चोरेर लैजाँदै गर्दा सीसीटीभीमा कैद फोटो )
शिशुलाई अस्पताल गएकी एक महिलाले केहिबेर खेलाउने भनेर बोकेकी थिइन् । पछि उनले शिशुलाई लिएर गायब भएको बताइएको छ ।