७ मंसिर २०८१, शुक्रबार 1732258008
समाचार

आगलागीमा परी बालकको मृत्यु

काठमाडौं । झापा गाउँपालिकामा भएको आगलागीमा परेर एक बालकको ज्यान गएको छ । शुक्रबार अपरान्ह ४ बजेतिर झापा गाउँपालिका –४ भामटोली ईनाम हुसेन शेखको घरनजिकै रहेको परालको कुन्यूमा आगलागी हुँदा बालकको ज्यान गएको हो ।

प्रहरीका अनुसार कुन्युको परालनजिकै घरको च्यापमा खेलिरहेका शेखका साढे ४ बर्षका छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरप्क्षक ढुण्डिराज गिरीले बताउनुभयो ।

परालको कुन्युबाट सुरु भएको आगो सल्कदै घरसम्म पुगेको थियो । भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकलको साहयताले शुक्रबार बेलुका करिब ७ बजेतिर आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।