३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:35 am
Banner

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाईते

सूचना प्रेस २०८० फाल्गुन १३ आइतबार ००:००, ०६:०० बजे १ मिनेट पढाइ

काठमाडौं । धादिङ्ग थाक्रे गाउँपालिका वडा नम्वर ८ काउले भन्ने स्थानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाईते भएका छन् ।

धुनीवेशी नगरपालिकास्थित नौविसेदेखी काउले गाउँतर्फ जाँदै गरेको बा १६ च ८११३ नम्वरको सो जिप कच्चि सडकबाट अन्दाजी एक सय पचास मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा काउले निवासी ८१ वर्षीय शेर वहादुर तामाङ्ग भएको ईलाका प्रहरी कार्यालय खानी खोलाले जनाएको छ । दुर्घटनाका अन्य पाँचैजना धाईतेहरुलाई थप उपचारका लागी काठमाण्डौस्थित ट्रमा सेन्टर पठाईएको छ ।