७ मंसिर २०८१, शुक्रबार 1732279447
Banner

सरकारसँग मिटरब्याज पीडितको आजपनि वार्ता हुर्दै

काठमाडौं । सरकारसँग मिटरब्याज पीडितको आजपनि वार्ता हुर्दैछ । हिजोको वार्तामा सहमति हुन नसकेपछि आज फेरि बस्ने भएको हो । सरकार र पीडितबीच बिहान ११ बजे वार्ता हुने बताईएको छ । आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति भएको छ । सरकारसँग वार्ताका लागि मिटरब्याज पीडितको तर्फबाट नौ सदस्यीय वार्ता टोली गठन भएको छ ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालको तर्फबाट अवधेश कुश्वाहाको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन भएको हो ।

गृहमन्त्रालयले पीडितहरूसँग वार्ताका लागि पाँच सदस्यीय वार्ता टोली गठन गरी वार्ताका लागि डाकेको थियो ।

संघर्ष समितिले वार्ता टोली गठन गरेसँगै हिजोबाट सरकारसँग औपचारिक वार्ता सुरु भएको हो ।