२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:55 pm
Banner

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

सूचना प्रेस २०८० फाल्गुन २६ शनिबार ००:००, १८:०४ बजे १ मिनेट पढाइ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ ।

सरकारमा सहभागी भएको रास्वपाले सरकारमा सहभागिता, इलाम २ को उपनिर्वाचन र उम्मेदवार छनोटका विषयमा छलफल गर्न २८ फागुन सोमबारको दिउँसो १२ बजे बैठक बोलाएको हो ।

अहिले रास्वपा माओवादी, एमालेलगायतको गठबन्धन सरकारमा सहभागी भएकाले इलाम २ को उपचुनावबारे के निर्णय लिन्छ भन्ने चासोका साथ हेरिएको छ । रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् ।